Below Menu
Below Menu

सहकारीको बेथिति सुधार्न जाँचबुझ आयोग गठन, बाघ संरक्षणका लागि ३६ लाख डलर अनुदान स्वीकार

सहकारीको बेथिति सुधार्न जाँचबुझ आयोग गठन, बाघ संरक्षणका लागि ३६ लाख डलर अनुदान स्वीकार

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ् सेवा जियोलोजि समूह, हाइड्रोजियोलोजि उपसमूह राप प्रथम श्रेणिका अधिकृत देव कुमार स्याङ्बोलाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वा त्यस अन्तरगत पदस्थापन गर्ने निर्णय गरेको छ ।

आइतबार २०८२ माघ २ गते बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

१)  मानव, बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाको लागि विश्व वातावरण सुविधाबाट, विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने,

२)  स्वच्छ वायु तथा समृद्धि परियोजनाको लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,

३)  नेपाल इन्जिनियरिङ् सेवा जियोलोजि समूह, हाइड्रोजियोलोजि उपसमूह राप प्रथम श्रेणिका अधिकृत श्री देव कुमार स्यांबोलाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वा त्यस अन्तरगत पदस्थापन गर्ने,

४)  उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत जलस्रोत तथा सिंचाई विभागमा कार्यरत सुपरिन्टेन्डेन्ट इन्जिनियर श्री सशील चन्द्र देवकोटाले दिनु भएको राजीनामा स्वीकार गर्ने,

५)  बुढि गण्डकी जलासययुक्त जलविद्युत आयोजनाको वित्तिय लगानी ढाँचा स्वीकृत गर्ने,

६)  सहकारीमा भएको वेतिथि सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्व न्यायाधिश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको वेतिथि सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने,

७)  नेपाली सेनाको एकजना सहायकरथीको सरुवा गर्ने र एकजना महासेनानीको सहायक रथीमा बढुवा गर्ने,

८)  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा श्री महोम्मद सफि उल्लाहा रौतहटलाई मनोनयन गर्ने,

९)  २०८२ फागुन १२ मा जापानको टोकियोमा आयोजना हुने जापान, नेपाल इम्प्लोइमेन्ट कन्फ्रेन्सको दोस्रो संस्करणमा सहभागि हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने,

१०)  २०८२ फागुन ४ देखि ७ गतेसम्म भुटानको थिम्पुमा सञ्चालन हुने सेकेण्ड माउन्टेन्स् कनेक्ट इन्टररिजनल वर्कसप कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठलाई सभागि हुन स्वीकृति प्रदान गर्ने,

११)  २०८२ फागुन १२ देखि १५ गतेसम्म थाइल्याण्डमा आयोजना हुने १३ औं एसिया प्यासेफिक फोरम अन सस्टेनेबल डेभ्लपमेन्टमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागि हुन स्वीकृति प्रदान गर्ने

Advertisment

थप समाचार