Below Menu
Below Menu

कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो। यसका साथै बैंकको खराब कर्जा र इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफामा वृद्धि भएको हो । 

पुस मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेर एक अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशत बढेको छ । 

यसका साथै कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.८२ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाा पुगेको छ । 

गत आवको सोही अवधिमा ४.३५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा घटेर ४.१ प्रतिशतमा झरेको । जसका कारण इम्पेरमेन्ट चार्ज पनि १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा झरेको छ। 

प्रकाशित वित्तीय विवरण अनुसार नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने २१.२५ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस २.०६ रुपैयाँ बढेर २०.४३ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको  प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.१७ गुणा रहेको छ।

चालु आवको दोस्रो त्रैमाससम्म तीन अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ । 

 

Advertisment