Below Menu
Below Menu

सुनको मूल्य तोलामै दुई लाख ८२ हजार पुग्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य तोलामै दुई लाख ८२ हजार पुग्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । पुस ३० गते बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर दुई लाख ७८ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ८१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६२५ रूपैयाँमा कारोबार भएको थियो

Advertisment

थप समाचार