Below Menu
Below Menu

विजय लघुवित्तको एफपीओ बाँडफाँटः ४६ हजार ६८१ जना पाए शेयर  

विजय लघुवित्तको एफपीओ बाँडफाँटः ४६ हजार ६८१ जना पाए शेयर  

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) आज बाँडफाँट गरिएको छ। संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सम्पन्न भएको बाँडफाँटमा गोलाप्रथामार्फत भाग्यशाली आवेदकहरू छनोट गरिएको छ। 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४ लाख ६६ हजार ८१७ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको एफपीओमा कुल २१ लाख ९९ हजार २६ जनाले आवेदन दिएकोमा २१ लाख ९६ हजार ३४ जनाको आवेदन मात्रै स्वीकृत भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत ४६ हजार ६८१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँट पश्चात बाँकी रहेको ७ कित्ता शेयर भने १० कित्ता पाउने मध्येकै ७ जनालाई थप १–१ कित्ता वितरण गरिएको छ, जसअनुसार ती भाग्यशाली ७ जनाले कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

Advertisment

थप समाचार