काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । माघ ५ गते सोमबार प्रतितोला चार हजार दुई रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ८८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ८१० रूपैयाँमा कारोबार भएको थियो ।
Advertisment