काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । माघ ६ गते मंगलबार प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १० हजार चार सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ९२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ८८० रूपैयाँमा कारोबार भएको थियो ।
Advertisment