Below Menu
Below Menu

आरएसडिसी लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

आरएसडिसी लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा संस्थाले सात करोड ६६ लाख ५२ रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म लघुवित्तले चार करोड ४१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो ।

पुस मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ४.०१ प्रतिशतले घटेर १० करोड ७६  लाख रुपैयाँमा झरेको छ भने र खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ ।

त्यस्तै यस अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६९.४८ प्रतिशत बढेको छ । 

गत वर्ष दुई करोड ६० लाख रुपैयाँ रहेको संस्थाको इम्पेरमेन्ट चार्ज यस अवधिमा दुई करोड ७३ लाख रिभर्स भएको छ । जसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो । यद्यपी संस्थाको खराब कर्जा भने बढेको छ । गत वर्षको सोही अवधिमा २.७१ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर २.८४ प्रतिशत पुगेको छ ।  

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको यस्तो आम्दानी ५.४७ रुपैयाँले बढेर १४.८३ रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा एक अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ। 
 

Advertisment

थप समाचार