Below Menu
Below Menu

गाउँगाउँमा आयुर्वेद स्वास्थ्य सेवा दिँदै आरोग्य केन्द्रहरू, सेवा थप विस्तार गर्नुपर्ने स्थानीयको माग

गाउँगाउँमा आयुर्वेद स्वास्थ्य सेवा दिँदै आरोग्य केन्द्रहरू, सेवा थप विस्तार गर्नुपर्ने स्थानीयको माग

रामेछाप : रामेछाप जिल्लामा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँबाट पनि स्वास्थ्य सेवा दिएका छन् । आयुर्वेद उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण बढेसँगै गाउँमा रहेको आरोग्य केन्द्रहरूले दिने सेवा बढ्दै गएको छ ।

Sponsored Advertisement

जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार रामेछापको मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ भने मन्थली नगरपालिकाको चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको छ ।

त्यस्तै खाँडादेवी गाउँपालिकाको गागल, रामेछाप नगरपालिकाको सुकाजोर, गोकुलगंगा गाउँपालिकाको रस्नालु र सुनापति गाउँपालिकाको बेथान डहुमा आरोग्य केन्द्र सञ्चालनमा छन् । आजै दोरम्बा गाउँपालिकाको टोकरपुरमा ओरोग्य केन्द्र सञ्चालमा आएको छ । उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनको तयारीमा छन् ।

खाँडादेवी गाउँपालिकाको गागलमा सञ्चालनमा रहेको आरोग्य केन्द्रमा प्रदान गरिएको सेवालाईथप व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने माग जिल्ला समन्वय समिति रामेछापका निवर्तमान प्रमुख समेत रहेका प्रेमबहादुर खड्काको छ ।

स्थानीयले जग्गा दिएर सुविधा सम्पन्न भवन बनाउने काम सुरु भए पनि बिचमा अलपत्र परेको भन्दै स्थानीय गणेशबहादुर खड्का गुनासो गर्छन् । सो आरोग्य केन्द्रकी प्रमुख सम्झना तामाङ केन्द्रले मापदण्ड अनुसारको सेवा दिइरहेको भएपनि स्थानीयहरुले थप सेवाको माग रहेको बताउँछिन् ।

आरोग्य केन्द्र बेथा डहुका प्रमुख रोज लामा घरदैलो समेत गरेर स्थानीयलाई सेवा दिँदै आएको बताउँछन् । तथापि सिमित साधन स्रोतका कारण माग अनुसारको काम गर्न नसकेको उनले बताए । स्थानीय तहसँग समन्वय गरेर सेवा विस्तारलाई निरन्तरता दिँदै आएको उनले बताए ।

पछिल्लो समय आयुर्वेदिक उपचार प्रतिको आकर्षण बढेको भए पनि राज्यले सो अनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्न नसक्दा नागरिकले मागेको सेवा भने पाउन सकेका छैनन् ।

थप समाचार