काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । माघ ७ गते बुधबार प्रतितोला १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला नौ हजार दुई सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३२० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला छ हजार १९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच हजार ८७० रूपैयाँमा कारोबार भएको थियो ।
Advertisment