Below Menu
Below Menu

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।

निर्वाचन कानुन अनुसार उम्मेदवारी दिएका सबै उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले आयोगले निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता कायम रहेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१०) बमोजिम मनोनयनपत्रसँगै पेश गरिएका विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरिएको हो।

यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने आयोगको विश्वास छ।

पहिले निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो।

कुल उम्मेदवारमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहका उम्मेदवार रहेका छन्।

Advertisment

थप समाचार