Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?  

माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब एक करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको र गैर सञ्चालन खर्च घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। यसका साथ बैंकको निष्क्रिय कर्जा घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ८.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.२२ प्रतिशत घटेको छ। 

गत वर्ष २० करोड ४७ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेको छ जसका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो। 

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७.२२ रुपैयाँ रहेको छ।
यसका साथै बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्ष ४.५४ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ४.२५ प्रतिशतमा झरेको छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी २.८४  रुपैयाँ बढेर १६.७३ रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६१.६० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको छ।

पुस मसान्तसम्म १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा छ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ।

Advertisment

थप समाचार