Below Menu
Below Menu

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, आज पनि तोलामा दुई हजार चार सय रुपैयाँले बढ्यो 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, आज पनि तोलामा दुई हजार चार सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । माघ ९ गते शुक्रबार प्रतितोला नौ हजार दुई सय रुपैयाँले बढेर तीन लाख एक हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २९० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला छ हजार ४८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच हजार १९० रूपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार