काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशते बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसका साथ बैंकको इम्पेरिमेन्ट चार्ज कारण पनि नाफामा वृद्धि देखिएको हो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर एक अर्ब आठ करोड ८० लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी ११.२९ प्रतिशत र कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५९.३३ प्रतिशतले बढेको छ ।
गत वर्ष २० करोड ८५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज घटेर १७ करोड ६८ लाख रुपैयाँमा झरेको पुगेको छ जसका कारण नाफा बढेको पुगेको हो।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५.७ रुपैयाँ रहेको छ।
यद्यपी बैंकको खराब कर्जा भने बढेको छ । गत वर्ष ४.९९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ६.८७ प्रतिशत पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ४.७५ रुपैयाँ बढेर १६.२१ रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४३.२४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७८ गुणा रहेको छ।
पुस मसान्तसम्म तीन अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा एक अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।
Advertisment