Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, एकैदिन तोलामा ५२ सयले बढ्यो 

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, एकैदिन तोलामा ५२ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । माघ ११ गते आइतबार प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २८५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला छ हजार ७६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच हजार ४८० रूपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार