Below Menu
Below Menu

गुराँस लघुवित्तले कमायो साढे दुई करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

गुराँस लघुवित्तले कमायो साढे दुई करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा दुई करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढे र सञ्चालन मुनाफा सँगै खुद नाफा पनि बढ्न पुगेको हो।

गत वर्ष पाँच करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको ब्याज आम्दानी ५५.१८प्रतिशत बढेर आठ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी ६३.१० प्रतिशत ले बढेको छ । 

त्यस्ते कम्पनीको कुल सञ्चालन आम्दानी ३६.१५ प्रतिशत बढेको भने सञ्चालन मुनाफा ६७.७७ प्रतिशत बढेको छ।

यस अवधिमा आइपुग्दा कम्पनीको खराब कर्जा पनि बढेको छ । गत वर्षको सोही अवधिमा २.७८ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ३.१३ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २६ लाख ४८ हजार रुपैयाँ रहेको छ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ। पुस मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिशेयर आम्दानी ५.१३ रुपैयाँ बढेर ४०.२२ रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.९८ गुणा रहेको छ।

पुस मसान्तसम्म १३ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा सात करोड ८५ लाख २६ हजार रुपैयाँ सञ्चित छ। 

Advertisment

थप समाचार