Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज बढ्दा सिन्धु विकास बैंक साढे एक करोड नोक्सानीमा, इपीएस पनि ऋणात्मक

इम्पेरिमेन्ट चार्ज बढ्दा सिन्धु विकास बैंक साढे एक करोड नोक्सानीमा, इपीएस पनि ऋणात्मक

काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । 

गत वर्षको सोही अवधिसम्ममा बैंकले चार करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा वृद्धि देखिएपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण नाफा प्रभावित भएको हो । 

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले बढेर पाँच करोड ८८ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.९८ प्रतिशत र कुल सञ्चालन आम्दानी ७.८८ प्रतिशत बढेको छ । 

गत वर्ष छ करोड ९५ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा एक करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । जसका कारण नाफामा असर परेको हो । गत वर्षको सोही अवधिमा आठ करोड ६२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा बैंक नाफामा पुगेको थियो । 

तर, चालु आवको यस अवधिमा भने बैंकको इम्पेरिमेन्ट चार्ज एक करोड ७८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जसका कारण बैंकको खुद नाफामा असर परेको हो । 

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यद्यपी बैंकको खराब कर्जा भने घटेको छ । गत वर्ष ९.०६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ६.३९ प्रतिशतमा झरेको छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ५.५० रुपैयाँ ऋणात्मक रहेको हो । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ९४.१९ रुपैयाँ रहेको छ । 

पुस मसान्तसम्म ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष तीन करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Advertisment

थप समाचार