Below Menu
Below Menu

सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । माघ १२ गते सोमबार प्रतितोला पाँच हजार दुई सय  रुपैयाँले बढेर तीन लाख नौ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला छ हजार ८७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच हजार ७६५ रूपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार