Below Menu
Below Menu

बुद्ध एयरद्वारा तुम्लिंगटारसहित चार विमानस्थल अस्थायी बन्द, बाँकी गन्तव्यमा उडान जारी

बुद्ध एयरद्वारा तुम्लिंगटारसहित चार विमानस्थल अस्थायी बन्द, बाँकी गन्तव्यमा उडान जारी

काठमाडौं : बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी गराएको छ ।

बुद्ध एयरका अनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द भएका हुन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन्।

एयरलाइन्सका अनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको हो। मौसममा सुधार आएसँगै तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल संचालन हुनेछ ।

यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न बुद्ध एयर कार्यालय वा टिकेट काउन्टर मार्फत जानकारी लिन सुझाव दिइएको छ।

एयरलाइन्सले यात्रुहरूलाई आफ्नो यात्रा योजना बनाउन सजिलो बनाउने उद्देश्यले बाँकी विमानस्थलमा नियमित उडान सञ्चालन भइरहेको जनाएको छ।

Advertisment

थप समाचार