काठमाडौं : हालै सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले यस अवधिमा १० करोड ४० लाख १२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकको घाटा १३ लाख ९२ हजार रुपैयाँमा सीमित थियो। चालु वर्षमा खुद ब्याज आम्दानीमा आएको उल्लेख्य गिरावटका कारण बैंकको नोक्सानी बढेको हो।
गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु वर्षको सोही अवधिमा यो घटेर २ करोड ८१ लाख रुपैयाँमा झरेको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी पनि १५ लाख ९० हजार रुपैयाँबाट घटेर १५ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ।
यद्यपि, बैंकको निक्षेप संकलन र कर्जा प्रवाह भने वृद्धि भएको देखिन्छ। यस अवधिमा निक्षेप संकलन १०।८८ प्रतिशतले बढेर १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४।२६ प्रतिशतले वृद्धि भई १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। सकारात्मक पक्षका रूपमा बैंकको खराब कर्जा अनुपात ९ल्एी० भने ५।७१ प्रतिशतबाट घटेर ४।९२ प्रतिशतमा झरेको छ।
पुस मसान्तसम्म बैंकको प्रति शेयर आम्दानी १.९९ रुपैयाँ ऋणात्मक रहेको छ। यसैगरी, प्रति शेयर नेटवर्थ १०१.३१ रुपैयाँ, तरलता अनुपात ४१.४६ प्रतिशत कायम भएको छ।
हाल बैंकको चुक्ता पुँजी ५२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड २७ लाख रुपैयाँ सञ्चिति रहेको छ।
उल्लेखनीय रूपमा, सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको थियो। बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो।
कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत (८६ हजार १९४ कित्ता) सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत (२६ हजार ११९ कित्ता) कर्मचारीहरूका लागि छुट्याइएको छ।
Advertisment