वाणिज्य बैंकहरूले कमाए छ महिनामा साढे ३० अर्ब नाफा, कुनको कति ? 

वाणिज्य बैंकहरूले कमाए छ महिनामा साढे ३० अर्ब नाफा, कुनको कति ? 

काठमाडौं : वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार बैंहरुको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढेको छ । 

गत आवको पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। चालु आवको सोही अवधिसम्म आइपुग्दा बैंकहरूको कुल खुद नाफा बढेर ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

२० बैंकमध्ये ११ वटा बैंकको खुद नाफा बढेसँगै खुद नाफा साढे ११ प्रतिशतले वृद्धि हुन पुगेको हो भने बाँकी बैंकहरूको नाफा स्थिर वा घटेको देखिएको छ।

यस अवधिमा नबिल बैंक लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले यस अवधिमा ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो।

त्यस्तै ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड रुपैयाँ, कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, एभरेष्टले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन्।

पुस मसान्तसम्ममा लक्ष्मी सनराइज बैंक भने नोक्सानीमा देखिएको छ। बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कुमारी बैंकको खुद नाफा सर्वाधिक ८८६.५० प्रतिशतले बढेको छ । गत वर्ष इम्पेरमेन्ट चार्ज उच्च हुँदा नाफा प्रभावित भएको कुमारी बैंकमा चालु वर्ष उक्त चार्ज घटेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो।

अन्य बैंकहरूको अवस्था

  

  

थप समाचार