काठमाडौं : नेपाली बजारमा बिहिबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातारको मूल्यवृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
Advertisment