काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा १५.६३ प्रतिशतले बढेर ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा बैंकको नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ४ लाख १५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १५.५० प्रतिशतले बढेर ९० करोड ६७ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज ४४ करोड १९ लाख ८५ हजार रुपैयाँबाट घटेर ३८ करोड २४ लाख ४५ हजार रहेको छ । यसले पनि बैंकको नाफा बढ्न सघाएको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३० करोड ८४ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा छ ।
प्रतिसेयर आम्दानी १ रुपयाँ ७६ पैसाले बढेर २१ रुपैयाँ १० पैसा छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ रुपैयाँ छ । ६ अर्ब २ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ छ ।
९१ अर्ब २७ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी छ । बैंकको खराब कर्जा ४.७२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुगेको छ ।
Advertisment