Below Menu
Below Menu

पर्यटन नीति कर्मचारी केन्द्रित भयो, अब व्यवसायीमैत्री कानुन चाहियो: विनायक शाह

पर्यटन नीति कर्मचारी केन्द्रित भयो, अब व्यवसायीमैत्री कानुन चाहियो: विनायक शाह

काठमाडौं : होटल एशोसिएसन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्बौँ लगानी भएपनि उपयोग हुन नसकेको बताए ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुने गरी सांसदहरुले नीति बनाइदिन अनुरोध गरे । 

उनले पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको सुनाए । ‘ पर्यटकहरुको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यहि अनुसार राज्यले नीति बनाउनुपर्यो ,’ शाहले भने । उनले नेपाल टुरिज्म बोर्डलाई प्राधिकरणको रुपमा लैजानुपर्ने बताए ।

Advertisment

थप समाचार