काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने थप पाँच अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल २०८३ बैशाख २२ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ माघ १९ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले माघ १९ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि माघ ११ गते २१ अर्ब करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment