Below Menu
Below Menu

सुनको मूल्य पुन: प्रतितोला तीन लाखमाथि, एकैदिन १४ हजार ४०० रुपैयाँले बढ्यो

सुनको मूल्य पुन: प्रतितोला तीन लाखमाथि, एकैदिन १४ हजार ४०० रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार