काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment