काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २७० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment