Below Menu
Below Menu

इन्टरनेट बजारमा ‘बिग फोर’ को कब्जाः ६३ प्रतिशत हिस्सा मुठीमा, वल्र्डलिंक अग्रस्थानमा

इन्टरनेट बजारमा ‘बिग फोर’ को कब्जाः ६३ प्रतिशत हिस्सा मुठीमा, वल्र्डलिंक अग्रस्थानमा

काठमाडौं : नेपालमा ब्रोडब्यान्ड इन्टरनेट बजार तीव्र विस्तारको चरणमा प्रवेश गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले पुससम्म सार्वजनिक गरेको तथ्यांक अनुसार ग्राहक संख्या, बजार हिस्सा र सेवा गुणस्तरका आधारमा प्रमुख इन्टरनेट प्रदायकहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।
 
एनटीएको तथ्यांक अनुसार वल्र्डलिंकले कुल बजारको करिब ३१ प्रतिशत हिस्सा ओगटेर शीर्ष स्थान कायम राखेको छ। पुससम्म वल्र्डलिंकका ग्राहक संख्या १० लाख ५३ हजार ३५ पुगेका छन्। ब्रोडब्यान्ड ग्राहकमध्ये करिब एक तिहाईले मात्र वल्र्डलिंकको सेवा प्रयोग गरिरहेका छन्।

नेपाल टेलिकम र डिसहोम फाइबर इन्टरनेट दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धामा छन्। डिसहोमका ग्राहक संख्या ३ लाख ८३ हजार ८ सय १६ पुगेको छ भने नेपाल टेलिकमका ग्राहक ३ लाख ७७ हजार ९४ छन्। दुवै कम्पनीको बजार हिस्सा करिब ११ प्रतिशत छ ।

 
त्यस्तै भायानेट ३ लाख ४६ हजार १७७ ग्राहकसहित चौथो स्थानमा उक्लिएको छ। क्लासिक टेक २ लाख ७२ हजार ५०० ग्राहकसहित पाँचौँ स्थानमा रहेको छ। सुबिसु, वेबसर्फर नेपालसीजी, ब्रोडलिंक नेटवर्क र अन्य साना प्रदायकहरूको उपस्थिति बजारलाई अझ विविध बनाएको छ।

गत मंसिरमा आँठौँ स्थानमा रहेका सुविसु, पुससम्म छैठौँ स्थानमा उक्लिएको छ। यसको ग्राहक संख्या २ लाख ५७ हजार २२३ पुगेको छ।

एनटीएको तथ्यांक अनुसार शीर्ष २० प्रदायकमध्ये वल्र्डलिंक, डिसहोम, नेपाल टेलिकम र भायानेटले कुल बजारको ६३ प्रतिशत हिस्सा ओगटेका छन्।नेपालमा ब्रोडब्यान्ड बजार केही मुख्य कम्पनीहरूमै केन्द्रित हुँदै गएको छ।

इन्टरनेटभन्दा फरक, मोबाइल भ्वाइस सेवाले नेपालमा पूर्ण रूपमा प्रभुत्व जमाएको छ। कुल २ करोड ९८ लाख ८८ हजारभन्दा बढी भ्वाइस ग्राहकमध्ये ९८.६१ प्रतिशत मोबाइल नेटवर्कमा छन्। फिक्स्ड टेलिफोनी र जीएमपीसीएसको योगदान नगण्य रहेको छ।

Advertisment

थप समाचार