काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment