Below Menu
Below Menu

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुन 

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुन 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार