काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेकाे हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment