Below Menu
Below Menu

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपरान्ह् पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा सहितका मन्त्रिहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

Advertisment

थप समाचार