Below Menu
Below Menu

प्रतितोला तीन हजार रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला तीन हजार रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले घटेको छ ।
 
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार