Below Menu
Below Menu

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार