Below Menu

कृषि विकास बैंकसहित तीन कम्पनीको साढे ६५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

कृषि विकास बैंकसहित तीन कम्पनीको साढे ६५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको साढे ६५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कृषि विकास बैंक, शिवम् सिमेन्ट र आशा लघुवित्तको ६५ लाख ६३ हजार ५४३ दशमलव ९९२५ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कषि विकास  बैंकको ३.२५ प्रतिशत बोनसपछिको ४५ लाख २ हजार ९४७ दशलमव ८९७५ कित्ता र आशा लघुवित्त वित्तीय संस्थाको ९.५ प्रतिशत बोनसपछिको ६ लाख ९६ हजार ३९३ दशलमव ९७ कित्ता शेयर सूचीकृत भएको छ । 

त्यस्तै शिवम् सिमेन्ट्सको २.५ प्रतिशत बोनसपछिको १३ लाख ६४ हजार २०२ दशमलव १६५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

थप समाचार