Below Menu
Below Menu

सुयोग्य साकोसका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजमा भारी छुट

सुयोग्य साकोसका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजमा भारी छुट

काठमाडौं : कोटेश्वर स्थिच सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामर स्कुल एण्ड कलेज, कोटेश्वरबीच शैक्षिक सहयोग, वित्तीय सचेतना अभिवृद्धि तथा विद्यार्थी सदस्यहित सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको छ ।

Sponsored Advertisement

दुईपक्षीय सम्झौतामा सुयोग्यका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजबाट संचालित कक्षा ११, १२ र स्नातक तहको वार्षिक शुल्कमा ५० प्रतिशत छुट र मन्टेश्वरीदेखि कक्षा दशसम्मको वार्षिक शुल्कमा ३५ प्रतिशत छुट दिने भएको छ । यसैगरी सुयोग्यबाट सिफारिस भएका विधार्थीहरुका लागि मासिक शुल्कमा ३० प्रतिशत र यातायात खर्चमा समेत ३० प्रतिशत छुट दिने भएको छ।

प्रतिष्ठित कलेजसँग सहकार्य गर्ने सुयोग्यको प्रस्ताव अनुरुप ग्रामर स्कुल एण्ड कलेजले संस्थाको अनुजसँग सुयोग्य कार्यक्रम, वित्तीय तथा सहकारी शिक्षा कार्यक्रम, डिजिटल साक्षरता लगायतका कार्यक्रमहरुमा स्कुल एण्ड कलेजको भौतिक पूर्वाधार र विधार्थी एव कर्मचारी शिक्षक शिक्षिकाको सहभागिता गराई सहयोग गर्नेछ। 

संस्थाका अध्यक्ष टेकबहादुर लिम्वु र स्कुल एण्ड कलेजका अध्यक्ष जयकुमार राईद्वारा हस्ताक्षर भएको सम्झौताले सदस्य हित र विधार्थीहरुमा व्यवहारिक ज्ञान, वित्तीय तथा डिजिटल साक्षरता एवं उद्यमशिलताको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास संस्थाले गरेको प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले जानकारी दिए।

थप समाचार