काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत चैत २२ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।
कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु फागुन ८ गतेदेखि चैत २२ गतेसम्ममा नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।
कम्पनीले ५ वर्षदेखिका बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्ष भन्दा कमका बीमालेखमा २५ प्रतिशत छुट दिने भएको हो । उक्त यस योजनामा समावेश भएका बीमालेखहरू २ वर्ष भन्दा कम परिपक्क भएमा कुनै पनि ब्याज छुट नगरिने कम्पनीले जनाएको छ ।
यसका साथै यस भन्दा पहिले विलम्ब शुल्कमा छुट लिई सकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने समेत कम्पनीले जनाएको छ ।