Below Menu
Below Menu

एकैदिन तोलामा पाँच हजार छ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा पाँच हजार छ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँले बढेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३७५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार