Below Menu
Below Menu

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो ।

कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी २ जना सीओटी तथा १ जना टीओटी क्वालिफायर रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरुलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु रहेको थियो । कार्यक्रम अन्तर्गत द सेक्रेट अफ प्रोग्रेसिभ लाइफ विषयमा प्रख्यात सेल्स कोच तथा मोटिभेसनल स्पीकर डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए । जसले सहभागीहरूलाई व्यक्तिगत तथा व्यवसायिक विकासका लागि प्रेरित गरेको कम्पनीले जनाएको छ ।

 कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ-आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए । साथै कम्पनीका ब्रान्ड एम्बेसडरहरु मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो ।

उनीहरुले सहभागीहरुलाई सम्बोधन गर्दै हाँस्य व्यंग्यमार्फत उत्साह थप्नुका साथै एमडीआरटी क्वालिफायरहरुलाई सम्मानसमेत गरेका थिए । समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनहरुमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

समग्रमा, एमडीआरटी २०२६ कार्यक्रम भव्य, प्रभावकारी तथा पूर्णरुपमा सफल भएको कम्पनीले जनाएको छ । यस्तो प्रकारका कार्यक्रमले लिडरहरुलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुयाउने विश्वास कम्पनीले लिएको छ ।

Advertisment

थप समाचार