Below Menu
Below Menu

सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले बढ्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले बढ्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले बढेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १७० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ५९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार