Below Menu
Below Menu

चुनावी माहोलको असर: बजारमा माग बढेसँगै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँको वृद्धि  

चुनावी माहोलको असर: बजारमा माग बढेसँगै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँको वृद्धि  

काठमाडौं : देशभर चुनावी गतिविधि तीव्र बन्दै जाँदा त्यसको प्रभाव खाद्य बजारमा पनि देखिन थालेको छ। विशेषगरी अण्डाको खपत उल्लेख्य रूपमा बढेपछि यसको मूल्य पुनः समायोजन गरिएको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बढ्दो माग र उत्पादन लागतको चापलाई मध्यनजर गर्दै अण्डाको समर्थन मूल्य वृद्धि गरिएको हो। आजदेखि लागू हुने नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रति क्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा ४७५ रुपैयाँ र मिडियम अण्डा ४४५ रुपैयाँ कायम गरिएको छ।

पछिल्लो समय दाना, औषधि र ढुवानी खर्चमा वृद्धि हुँदा किसानहरू लागतकै आसपासमा बिक्री गर्न बाध्य थिए। नयाँ मूल्यले भने किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको संघले जनाएको छ । 

अर्कोतर्फ, चुनावी सभा, प्रचारप्रसार र कार्यकर्ता परिचालन बढेसँगै अण्डाको माग ह्वात्तै बढेको व्यापारीहरू बताउँछन्। यही माग–आपूर्ति असन्तुलनका कारण मूल्य समायोजन अपरिहार्य बनेको संघको भनाइ छ।

गत साता तोकिएको मूल्यको तुलनामा यसपटक उल्लेख्य वृद्धि देखिएको छ ।  गत साता संघले तोकेको मूल्यअनुसार एक्सएल अण्डा प्रति क्रेट ४४५ रुपैयाँ, ठूलो अण्डा ४२५ रुपैयाँ र मिडियम अण्डा ३७५ रुपैयाँ रहेको थियो।

Advertisment

थप समाचार