Below Menu
Below Menu

कर्मचारी सुरक्षण कोषको एक अर्ब १० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

कर्मचारी सुरक्षण कोषको एक अर्ब १० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सरक्षण कोषमा रहेको एक अर्ब १० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम २०२६ फेब्रुअरी २७ देखि, २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा आठ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी फागुन १४ गते १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार