काठमाडौं : तीन कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक आज (सोमबार) सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।
आज ३२९ स्टकको ५६ हजार ३४७ पटकको कारोबारमा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको १ करोड २६ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।
Advertisment