एशियन लाईफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२% लाभांश पारित

एशियन लाईफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२% लाभांश पारित

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ। 

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन लगायत पूर्व निर्धारित एजेण्डाहरु उपर छलफल गरी सभाले अनुमोदन गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत (५ प्रतिशत बोनश शेयर समेत) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २५,००,५७,९६०.३५ रकम बराबरको बोनश शेयर र ५.५२६३ प्रतिशत (लाभांशमा लाग्ने कर समेत) ले हुन आउने रु २७,६३,७९,८५०.९१ नगद लाभाश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसैगरी गत आर्थि वर्षको वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल सहित पारित गरेको छ । चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ ।

साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ।

थप समाचार