Below Menu
Below Menu

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ५८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार