निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे २७ अर्बमाथि, दुई कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 

निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे २७ अर्बमाथि, दुई कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे २७ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार माघ मसान्तसम्म कम्पनीहरुले १६ लाख ५६ हजार ३३६ बीमालेख बिक्री गरी २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

कम्पनीहरुले माघमा मात्रै दुई लाख ३६ हजार ७८८ बीमालेख बिक्री गरी ३ अर्ब ८६ करोड २१ लाख ९१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

माघ मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योेन्स रहेको छ । कम्पनीले एक लाख ८२ हजार ८२३ बीमालेख जारी गरी तीन अर्ब ३२ करोड चार लाख ८२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले दुई अर्ब ९८ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ८३ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

माघ मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ५१ लाख ४९ हजार रुपैयाँ बराबरको बीमाशृल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियलले दुई अर्ब ३८ करोड छ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस एनएलजी इन्स्योरेन्सले दुई अर्ब १८ करोड ८३ लाख ९३ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले दुई अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख १२ हजार ९७१ बीमालेख बिक्री गरी एक अर्ब ३४ करोड ४१ लाख ७९ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले एक अर्ब ६८ करोड ७५ लाख १९ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब सात करोड आठ लाख र सानिमा जिआइसीले एक अर्ब ६० करोड १४ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ७५ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

यस्तै, माघ मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख छ हजार, नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख ६५ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

लघुबीमाको व्यापार साढे ७३ करोडमाथि

चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे ७३ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले दुई लाख ७२ हजार ७५२ बीमालेख जारी गरी ७३ करोड ६२ लाख ३७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले १९ करोड २८ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २० करोड १२ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड २८ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १७ करोड ९३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।

थप समाचार