Below Menu
Below Menu

राष्ट्र बैंकले छ अर्ब ३४ करोड रकममा मुद्दती निक्षेपमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान 

राष्ट्र बैंकले छ अर्ब ३४ करोड रकममा मुद्दती निक्षेपमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले छ अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको छ अर्ब ३४ करोड १७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम २०२६ मार्च १३ देखि, २०२७ मार्च १३ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ९५ करोड १२ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३१ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी फागुन १७ गते राती १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार