Below Menu
Below Menu

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार