Below Menu
Below Menu

चुनाव र होली बिदामा पनि बैंकिङ सेवा जारी राख्न राष्ट्र बैंकको निर्देशन  

चुनाव र होली बिदामा पनि बैंकिङ सेवा जारी राख्न राष्ट्र बैंकको निर्देशन  

काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेको छ। निर्वाचन आयोग नेपालको अनुरोधअनुसार राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनहरूमा पनि अत्यावश्यक बैंकिङ सेवा अवरुद्ध नहुने व्यवस्था गर्न भनेको हो । 

सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ। साथै, फागुन १८ गते हिमाली तथा पहाडी क्षेत्रका ५६ जिल्लामा र फागुन १९ गते तराईका २१ जिल्लामा होली (फागु पूर्णिमा) का कारण बिदा परेको छ । 

राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई बिदाको अवधिमा सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकमार्फत भुक्तानी व्यवस्था र राजस्व संकलन तथा राजनीतिक दल र उम्मेदवारका लागि खोलिएका खातामार्फत नगद, चेक तथा अन्य वित्तीय कारोबार सेवासुचारु राख्न निर्देशन दिएको हो । 

Advertisment

थप समाचार