Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला छ हजार २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार